कोरोना भाइरस को लक्षण तथा बच्ने उपाय

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रवास सूचना प्रविधि स्वास्थ्य/शिक्षा

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ । सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन

दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् । कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत ४० भन्दा बढी देशमा भेटिएको छ । हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निक्कै खतरनाक मानिएको छ ।

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ । भाइरसको संक्रमण भएको समयमा मि’र्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको नि’धन हुनेगर्छ ।

हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन । भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कोरोना भाइरस संक्रमणका लक्षण

रुघा खोकी लाग्नु, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी बच्ने

रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने । नियमित साबुन पानीले हात धुने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने । जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै स’म्पर्क नगर्ने । अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने । फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने ।

Leave a Reply

Your email address will not be published.