भ्रामक तथा गलत सूचनाको पहिचान सम्बन्धी कार्यशाला इलाममा सम्पन्न

प्रदेश नं. १ प्रमोसन विचार सूचना प्रविधि

इलाम:
समाचारलाई सत्य तथ्य र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्येश्यले इलाम सदरमुकाममा बिहीबारबाट भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम विषयमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा इलाम र पाँचथरका ३५ जना क्रियाशिल पत्रकारको सहभागिता रहेको थियो ।

अमेरीकन राजदुतवासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको कार्यशालालाई मिडिया एक्सन नेपालमन प्रमुख लक्ष्मण दत्त पन्त सहित दुतावासका प्रेरणा मरासैनी, वरिष्ठ पत्रकार रामा कृष्ण रेग्मी र चन्द्रशेखर कार्कीले सहजीकरण गर्नु भएको थियो ।

शुक्रबार सम्पन्न कार्यशालामा सहजकर्ताले भ्रामक समाचारबाट कसरी जोगिन सकिन्छ, पत्रकारको आचार संहिता, फोटो पत्रकारीता कसरी गर्न सकिन्छ, भ्रामक फोटा कसरी छुटयाउन सकिन्छ लगायतका बिषयमा जानकारी गराइएको थियो ।


मिडिया एक्सनले उक्त विषयमा तीन जिल्लाका समाचारपत्र र अनलाइनको अध्ययन गरी तयार पारेको शोधका विषयमा पनि छलफल भएको छ । ..

Leave a Reply

Your email address will not be published.