सूर्योदयको फिक्कलमा हात धुने बानी बसाल्ने अभियन शुरु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन रोचक सूचना प्रविधि स्वास्थ्य/शिक्षा

कोरोना त्रास

फिक्कल : कोरोना त्रास बढदै गएपछि सूर्योदय नगरपालिकाले वडा नं १० को विभिन्न ठाउँमा हात धुने बानी बसाल्ने अभियान सुरु गरिएको छ । नगरले फिक्कल बजारको १५ ठाउँमा स्थानियको सहयोगमा अभियान सुरु गरिएको वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु र भीडभाडबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय हुने भएकाले वडाले अभियान सुरु गरेको लामाले बताए । भारतसँग सिमा क्षेत्र नजिकै भएकाले रोगको जोखिम कम गर्ने वडाले अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने तयारी गरेको छ । वडा नं १० को मुख्य बजारका विभिन्न भागमा हात धुने पानी र सावुनको व्यवस्था गरिएको छ । साथै स्थानियलाई हात धुने तरिका सिकाएर अभियान सुरु गरिएको थियो ।

अझ भिडभाड रहने बजार क्षेत्रमा एक जना व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्ने अवस्था रहेको लामाले बताए । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका अनुसार अझै नेपालमा २५ प्रतिशत नेपालीले हात धुन जान्दैनन् । जस कारण नेपाली रोगको उच्च जोखिममा रहेको छ । । संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा मुख वा नाकबाट निस्किने, पानीका ज्यादै मसिना कणबाट कोरोना फैलिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार भीडभाडमा नजाने र अरूसँग सामान्यतया एक मिटरको दूरी कायम गर्ने गरेमा यस्ता कणबाट जोगिन सहज हुन्छ ।

हात धुने तरिका –
पानी र साबुनले कम्तीमा पनि २० सेकेण्ड सम्म हात मिच्नु पर्छ । दुबै हत्केलालाई एक आपसमा दलेर औंलाका कापसम्म साबुन पुर्याउने अनि हातको पछाडी,नगंका मुनी,औंलाका काप र नारी सम्म मिच्नु पर्दछ । यसरी हात धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्दा सुष्म जिवाणुहरु पनि पखालेर सफा हुने छन् । तर यसरी धुनको अझै सबै नेपालीले जानेका छैनन् ।

Leave a Reply

Your email address will not be published.