प्रदेश १ मा क्वारेन्टाइन थपिए

  • 2
    Shares
प्रदेश १ मा  क्वारेन्टाइन थपिए

झापा: प्रदेश नं १ मा ४१ क्वारेन्टाइन शय्या थपिएको छ । बिहीबार प्रदेशका विभिन्न सात स्थानमा शय्या थपेका हुन् । प्रदेश सरकारले निर्माण गरेको कूल २ सय ६१ क्वारेन्टाइनमा शय्याको सङ्ख्या अब चार हजार १ सय ४८ पुगेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जनाकारी दिए । प्रदेशमा ४८ आइसोलेसन केन्द्रमा ४ सय ३२ शय्या रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार बिहीबारसम्म क्वरोन्टाइनमा बस्नेको सङ्ख्या ५२ महिला र ५ सय ५० पुरुष गरी ६ सय २ पुगेको छ । यस अवधिमा पाँच महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा आठ महिला र १४ पुरुष छन् ।

होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दो क्रममा छ । बिहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५ सय ८१ महिला र दुई हजार ५ सय ३० पुरुष गरी तीन हजार १ सय ११ छन् । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन शय्या सञ्चालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

यसबीचमा प्रदेशमा हालसम्ममा १ सय ७८ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १सय ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १ सय ४३ पुरुष छन् । बाँकीको रिपोर्ट आउने क्रममा छ ।

सरकारले जारी गरेको १७औँ दिनसम्मको लकडाउनलाई आम नागरिक, बुद्धिजीवी, पेशागत सङ्घसङ्गठन, व्यवासायीले उच्च सतर्कता अपनाउँदै पूर्ण पालना गरिरहेको पाइएको छ । लकडाउनको समयमा यस क्षेत्रमा प्रहरी प्रशासनले पनि सरकारको निर्देशनलाई पालना गराउन दिनरात खटिरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनले मानिसमा निकै चेतना आएको भए पनि प्रहरी अझ सक्रिय भएर लककडाउनलाई परिपालना गराउन लागि परेको बताए ।

कोरोना भाइरसका शङ्कास्पद बिरामीको थ्रोट स्वाब नमूना परीक्षण आजदेखि विराटनगरबाट शुरु गरिने भएको छ । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौँबाट आएको आवश्यक रसायन र उपकरणमार्फत कोशी अस्पतालमा शङ्कास्पद बिरामीको नमूना परीक्षण आजदेखि शुरु हुने जानकारी दिए । सजिलोबाट