शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

Trending प्रमोसन


काठमाडौं : अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । तर पाटनले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्च गएकी हुन् ।सर्वोच्चले भने तत्काल पक्राउ नगर्न आदेश दिँदै भदौ १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.