इलामेलीहरुको विश्व भेला हुने

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति जीवन शैली समाचार समाज

विश्वभरका इलामेलीहरुको भेला आगामी २०७७ असोज ३ शनिबार ९१९ सेप्टेम्बर २०२०० साझ ५।३० बजे हुने भएको छ।
जिल्ला समन्वय समिति इलामको संयोजनमा सो विश्व इलामेली भेला को आयोजनाको ब्यापक तयारी भइरहेको छ ।
सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न। १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिनु भएको छ ।
भेलाको लागि मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भएको छ ।
भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ ।
यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के। वी। गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सासदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश न। १ का अध्यक्ष कृष्ण शाहले बताउनु भएको छ ।
भेलाको लागि गठन गरिएको समितिमा संयोजक गणेश बराल ९प्रमुख, इलाम समन्वय समिति, इलाम० र सदस्यहरुमा राधेश्याम लेकाली ९अध्यक्ष, इलाम विकास समाज, काठमाडौं०, कृष्ण शाह ९अध्यक्ष, इलामेली समाज प्रदेश न। १ इटहरी० रहनु भएको छ ।
यसैगरी मोहनकुमार सुवेदी ९उपाध्यक्ष, इलामेली समाज प्रदेश न। १०, प्रदीप घिमिरे ९महासचिव, इलाम विकास समाज, काठमाडौं०, ईश्वर श्रेष्ठ ९कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं०, अर्जुन श्रेष्ठ ९सचिव, इलामेली समाज प्रदेश न। १०, सरस्वती कर्माचार्य ९सदस्य, इलाम विकास समाज, काठमाडौं०, यशोदा कायस्थ ९अध्यक्ष, इलामेली समाज, सुनसरी०, तिलत्तोमा खत्री ९अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर० र सदस्य सचिवमा अर्जुन भट्टराई ९सचिव, इलाम विकास समाज, काठमाडौं० रहनु भएको छ ।osvevo

Leave a Reply

Your email address will not be published.