इलामको माई नगरपालिकामा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन

Breaking News Mukya Samachar Special News Trending कला संस्कृति समाचार समाज

इलामःइलामको माई नगरपालिकामा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन गरीएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम इलामको सहकार्य तथा मानव अधिकार मञ्च इलाम र चेतना नाट्य समुह इलामको आयोजनामा माई नगरपालिका ४ स्थित शुक्रबारे बजारमा नाटक प्रर्दशन गरिएको हो ।
माई नगरपालिकाका नगर प्रमुख दिपक कुमार थेबे ,उप प्रमुख बिण्णु माया रिमाल, माई न.पा. ४ का वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सन्तोष बुढाथोकी लगायत स्थानिय बासिन्दाको उपस्थितिमा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन गरीएको हो।
वर्तमान समयमा देशका दक्ष युव जनशक्ति रोजगार,अध्यन एवं अन्य बिविध कारणले बिदेश पलायन भई रहेको तथा बिदेश जाने शिलशिलामा अनबिज्ञताका कारण देश भित्रैबाट ठगिने, ठुला सपना बोकेर बिदेश पलायन हुने तथा फर्किने बेलामा आफु अङभङ हुने कुरा सो नाटकमा समाबेश भएको छ ।
साथै हाल नेपाल सरकारले युवा वर्गलाई लक्षित गरी ल्याएको प्रधान मन्त्री स्वरोजगार कार्यक्रम समेत बिषय बस्तुको उठान गरी देश भित्र पनि केही गरी भबिश्य बनाउन सकिन्छ भन्ने उदेश्यका साथ उक्त नाटक प्रदर्शन गरीएको थियो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रवर्द्धनार्थ समुदाय प्रहरी पालिका समिति इलाम नगरपालिका इलाम तथा जिल्ला प्रहरी कार्यालय इलामको सयुक्त आयोजनामा भई रहेको “अपाङ्गतासंग प्रहरी” कार्यक्रम निरन्तर रुपमा संचालन भई रहेको छ ।
सोही अभियान अन्तर्गत मिति २०७५ साल चैत्र १५ गते इलाम नगरपालिका वडा नं. ९ स्थित वडा कार्यालयको सभाहलमा उक्त वडाका वडा अध्यक्ष श्याम कृष्ण घिमिरेको अध्यक्षता, वडा सदस्यहरु, वडा सचिव, महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक योगमाया बोहरा,सोही वडाका स्वास्थ्य इन्चार्ज बिजय खनाल, शिक्षक लगायत स्थानिय मानिसहरु एवं अपाङ्गाता भएका ब्यक्तिहरुमाझ अपाङ्गता भएका ब्यक्तिहरुले विपद्का समयमा अपानाउनु पर्ने सुरक्षा, ट्राफिक नियम तथा ट्राफिक ज्ञान,बिद्यमान कानुनी ब्यवस्था लगायतका बिषयवस्तुहरु नेपाल प्रहरीबाट प्रशिक्षण दिएको थियो ।

Leave a Reply

Your email address will not be published.