बिवादित घिमिरेलाई पुजारीबाट हटाईयो

बिवादित घिमिरेलाई पुजारीबाट हटाईयो

इलामः माइली पाथिभराका पुजारी झमक बहादुर घिमिरेलाई समितिको बैठकले पुजारीमा रोक लगाउने निर्णय गरेको छ ।
पछिल्लो समय बिभिन्न बिवादमा मुछिएपछी पुजारी घिमिरेलाई समितिले हटाएको हो । झापा मेचीनगरपालिका १४का स्थानियले आफुहरुको ५७ लाख भन्दा बढी ठगेको भन्दै घिमिरे बिरुद्द उजुरी गरेका थिए । उनको ठगीधन्दा संचारमाध्यम आएपछी पुजारी बिवादमा मुछिएका थिए ।

वैसाख २ गते राति दानपेटिका चोरीमा समेत पुजारिकै संलग्नता रहेको खबर बाहिर आएपछी स्थानियले पुजारीलाई हटाउन दबाब दिएका थिए । केही बर्ष अघि इलामको बरबोटेबाट बसाइसरी झापा गएका उनी आफुमा पाथिभरा माताको शक्ति आएको भन्दै धारापानी नजिक जङलमा बस्दै आएका थिए ।

उनको भनाइलाई विश्वास गरी स्थानियले पाथिभरा संरक्षण समिति गठन गरी समिति प्रशासनमा दर्ता समेत गरेका थिए । पाथिभरा भनिएको स्थानमा बिभिन्न जातजातिका धार्मिक गुरु झिकाइ पूजापाठ समेत गरिएको थियो ।