नौमती बाजाको संरक्षणमा ब्राम्हण समुदाय

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति समाचार


इलाम साउन : नौमती वाजा प्राय दलित समुदायले नै वजाउनु पर्ने भन्ने मान्यता तोडिँदै गएको छ । पूर्वी नेपालका ब्राम्हण समुदाय नौमती वाजा बजाउन मात्र हैन संरक्षणमा नै जुटेको छ । अर्को अनौठो कुरा त यहाँका ब्राम्हण समुदाय ब्यवसायिक रुपमा वजाउँदै हिँड्न थालेको पनि छ ।
इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा नौमतीको धुन खुवै घन्किदा यसलायई चाख मानेर हेर्ने धेरै थिए । हुस्सु र वर्षाबीच भए पनि विवाह उत्समा घन्किएको यो धुनले धेरैको मन तानेको थियो । यसअघि यहा“ नौमती र पञ्चेवाजा धुन बजाउनेहरु भन्दा फरक समूदायकाहरुले यी वाजामा सुरताल मिलाएको नौलो देखिएको थियो ।
कुनै जाति विषेशले मात्र यी वाजा र संस्कृति संरक्षण गर्नुपर्छ भन्ने मान्यताका कारण लोप हु“दै गरेको संस्कृति जोगाउने उदेश्यका साथ झापाको एक्टिभ नाइन भन्ने समूह नौमती घन्काउदै इलामसम्म आएको हो ।
यस समूहमा सवै ब्राम्हण क्षेत्री मात्र रहेको समुहका अध्यक्ष गोविन्द निरौलाले वताए । आफ्नो आयआर्जन भन्दा पनि नया“ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने र उनीहरुलाई रोजगारीको अवसरसमेत सिर्जना गर्ने उदेश्यले यो काम थालिएको उनको भनाई छ ।
नरसिंहा वजाउनेदेखि सनाई फुक्ने र ट्याम्को दमाहा ठोक्ने सवै ब्राम्हण क्षेत्री छन् । सभागृह परिषरमा देखिएको दृष्यलाई धेरैले फरक भावमा हेरेको प्रश्ट हुन्थ्यो । झापाको विर्तामोड क्षेत्रलाई कार्यथलो वनाएका विभिन्न पोशामा आवद्धहरुले यो नौलो कार्य थालेका हुन् । फूर्सदको समयमा साथीभाई जम्मा भएर गफगाफमा विताउने समयको सदुपयोग गरेर भएपनि यस कार्यमा समय दिइएको समूहका सचिव भानु खनाालको भनाई छ । नरसिंह फुक्न माहिर भइसकेका सचिव भानु खनालले उपलब्धी विहिन भेटघाट भन्दा समाजमा उदाहरणीय र समाजलाई फाइदा पुग्ने केहि काम गरु भन्ने लागेर यो काम थालिएको हो । अधिकांश छापाखाना व्यवसायी रहेको यो समूहमा १२ जना छन् । सवैले आ–आफ्नो बाजा मज्जाले घन्काउन जानेका छन् । विवाह उत्सवमा वोलाउदा सवैको समय नमिल्न सक्ने भएकाले अरु साथीलाई पनि प्रशिक्षण दिइरहेको उनीहरु वताउँछन् । सनाईको मिठो धुन निकाल्ने रोहित भट्टराईले अव यस कार्यलाई निरन्तरता दिने समेत जानकारी दिए ।
आम्दानीको १० प्रतिशत सामाजिक कार्यमा लगाउदै आएका उनीहरुले नौमती वाजाको संरक्षणकालागि कलेज नै सञ्चालन गर्ने सोच वनाएका छन् । नौलो अभ्यास र संस्कृति जर्गेनाको प्रयास भन्दै धेरैले विवाह उत्सवमा उनीहरुलाई बोलाउने गरेका हुन् । यसअघि कसैले कुनै पनि वाजा वजाउन नजानेको अवस्थामा २ महिनासम्म उनीहरुले तालिम लिएका थिए । तालिम गर्ने ठाउ“को व्यवस्थापनमा पनि निक्कै झन्झट व्यहोरेका उनीहरुलाई नरेन्द्र दर्नाल र रामचन्द्र डोलीकार्कीले तालिम दिएका थिए । विहान वेलुकै तालिम गर्नु पर्ने तर टोलमा नै होहल्ला हुने भएकाले निकै ठाउ“ चाहरेर मात्र वाजा वजाउन सिकिएको यस समूहका काम गरिरहेका विनोद दाहालले वताए । तालिम सकिएपछि उनीहरुको माग बढ्दो छ । नौलो पहल लागेर छोराको विवाहमा यो समूहलाई इलामसम्म ल्याएको झापाका दिपक बोहोराको भनाई छ । उनले राम्रो लागेकै कारण यस कार्यलाई बचाउन सबै समुदाय लाग्नु पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published.