इलाममा पनि गाइजात्रा निकालियो

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति


इलाम, इलाम : नेपाल भाषा तथा संस्कृति समाज इलामले सदरमुकाममा गाइजात्रा निकालेको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तका सम्झनामा गाइजात्रा निकालिएको हो ।
गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा यो जात्रा निकालिन्छ । बिषेश गरेर नेवार समुदायले यो जात्रा निकाल्ने गर्दछ । गाई वा गाइका रुपमा वजारमा निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, तथा अन्न र द्रव्य समेत दान गर्ने चलन छ ।

गाइजात्रा परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
वर्षभरी मृत्यू भएका सातवटा घरबाट गाइजात्रा निकालिको नेपाल भाषा तथा संस्कृति समाज इलामका सल्लाहाकार कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । जनै पूर्णिमाका भोलीपल्ट यो जात्रा निकालिने गरिन्छ ।


राजा प्रताप मल्लले पुत्रशोकमा परेकी आफ्नी श्रीमतीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएकाले हाल पनि यो पर्व मनाइने गरेको हो । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गरेर नाचगान तथा मृत व्यक्तिको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।


गाइजात्रा जिल्लाको देउमाई नगरपालिकाको मंगलबारेमा पनि गाइजात्रा निकालिएको छ । सूर्योदय नगरपालिकाको फिक्कल लगायतका स्थानमा समेत निकालिने गरिन्छ । नेवार समुदायले जिल्लामा लाखे जात्रा पनि लिकालीरहेको छ ।

Leave a Reply

Your email address will not be published.