माईपोखरीमा एकादशी मेला भर्नेको भीड, मेलाको अवसरमा डुंगा संचालन

Hot News Special News Trending कला संस्कृति पर्यटन

माईपोखरीः रामसार क्षेत्रमा सूचिकृत इलामको माईपोखरीमा एकादशी मेला भर्नेको आज बिहानै देखि घुईचो लागेको छ । धार्मीक परम्परा अनुसार लाग्दै आएको एकादशी मेलामा पाठपूजा गर्ने र एकादशी नुहाउने स्वदेशी तथा बिदेशी पर्यटकको घुईचो लागेको हो । मेला भर्न र दर्शन गर्न इलाम झापा , पाँचथर तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा पर्यटक आएका छन् ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ हिजो बिहिबार देखि तीन दिन लाग्ने एकादशी मेला शुरु भएको थियो ।
सन्दकपुर गाउँपालिका १ र ३ मा रहेको माईपोखरीमा बिहिबार एकादशी मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उदय बहादुर राईले धार्मी पर्यटन प्रर्वधन गर्न यस्ता मेलाले सहयोग गर्ने बताउनु भयो । उहाले भन्नु भयो‘स्वदेशी र बिदेशी पर्यटकको रोजाईमा परेको सन्दकपुर गाउँपालिकामा हामी धार्मीक पर्यटन प्रर्वधन गर्न लागि परेका छौ, भ्रमण बर्ष भरी नै यस्ता कार्यक्रम भैरहन्छन् ।
मेलामा धार्मीक क्षेत्र माईपोखरीको दर्शन , बिभिन्न खेल , मनोरञ्जन, पर्यटकीय स्थलको भ्रमण र बिभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलाकै अवसरमा विभिन्न जातजातिको संस्कृति तथा भेषभुषाको प्रद्र्धशनी र फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
स्थानीय उत्पादनका बिभिन्न स्टल रहेको मेलामा स्थानीयस्तरमा उत्पादन भएका खाध्यबालीहरुबाट बनेका खानाका परिकार, दुग्धपदार्थका सामग्री राखीएको छ । मेलामा किवी फलको प्रचार प्रसार र बिक्री वितरणका लागि स्टल राखीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनु भयो । गाउँपालिकाले एकादशि मेलाकै अवसरमा आज सार्वजनीक विदा समेत दिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको मेलामा स्वदेशी तथा बिदेशी गरी १५ हजार बढी पर्यटक भित्रीने आयोजक समितिका सदस्य दिनेश ढकालले जानकारी दिनु भयो ।

माईपोखरीमा डुंगा संचालनमा

माईपोखरी नजिकै गाउँपालिकाले निर्माण गरेको पोखरीमा पर्यटकलाई थप आर्कषण गर्न डुंगा संचालनमा ल्याईएको छ ।
एकादशी मेलाको अवसर पारेर माइपोखरीको ठूलो चेकड्याममा दुई वटा डुङ्गा सञ्चालनमा ल्याईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनु भयो । माईपोखरी पुगेका पर्यटकले अव डुङ्गा सयर गरि मनोरञ्जन लिन सक्ने छन । यस अघि देखि नै सन्दकपुर गाउँपालिकाको ढाप पोखरीमा समेत डुंगा संचालन हुँदै आएको छ ।

माईपोखरीको महत्व


सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सूचीमा सूुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको हो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधीनी ठूली एकादशीका दिन बिषेश पूजा र मेला लाग्ने प्रचलन छ । नौ वटा कुनामा फैलिएको पोखरीको संरक्षण हाल गाउँपालिकाले नै गरिरहेको छ । २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, गलैचे झयाउ सुनाखरी, जडीबुटी, रैथाने माछा, ठकठके ,उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्ने धेरै पर्यटक वर्षेनी आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.