फाकफोकथुमको फुएतप्पामा अध्यक्ष कप हुँदै

  • 87
    Shares
फाकफोकथुमको फुएतप्पामा अध्यक्ष कप हुँदै

फाकफोकथुम: फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते हुने भएको छ ।

अध्यक्ष फूटबल कपको विजेतालाइ एक लाख र उपविजेता पचास हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार रहेकोे प्रतियोगितातामा १६ टिम सहभागी हुने आयोजक जनाएको छ । प्रतियोगितामा दर्जा वाला क्लबहरुको सहभागीता रहने भने खेल ७ साइडको हुने छ ।

खेलको फानलको दिन बैसाख १ बृहत सांस्कृतिक कार्यक्रम तथा सास्कृतिक प्रदर्सनि समेत हुने भएको छ । फुङ्वा युवा क्लब स्थापना काल देखी नै फुएतप्पा महोत्सव, सांस्कृतिक कार्यक्रम, जनचेतनामुलक विविध कार्यक्रम एवं जनसहभागितामा विकास निर्माणको कार्यक्रमहरु गर्दा आएको क्लब अध्यक्ष फुर्सद योङहाङ बताएका छन् ।

हरेक बर्ष फाकफोकथुमका विभिन्न वडाहरुमा अध्यक्ष कप हुदै आएको छ । फुएतप्पाको लिम्बु गाउँमा हुने अध्यक्ष कप प्रतियोगिता एवं बैशाख १ गते बृहत सांस्कृतिक कार्यक्रम सहित हुने फाइनल खेलमा स्थानीयहरु मौलिक पहिचान एवं मौलिक संस्कार समेत अवलोकन गर्ने सकिने भएकोले नयाँ बर्षमा धेरै दर्शन आउने आयोजक विस्वास गरेको छ ।