सुखानी शहिद स्मृति फुटबलको उपाधि माई ४ र ७ लाई

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १

इलाम : वडा स्तरीय प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको उपाधी माई –४ र ७ ले हात पारेका छन ।युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा शनिबार सम्पन्न पुरुष फुटवल खेलमा वडा नम्बर–४ ले वडा नम्बर–९ लाई टाईबेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै उपाधी हाल पारेको हो ।

प्रतियोगितामा माई–४ का हरी मगर र बिशाल खवासले गोल गरेका थिए भने माई–९ का तर्फबाट विमल साउदेन र दिपेश मगर जवाफी गोल गरेका थिए । निर्धारित समयमा २–२ को गोलको बराबरी भएकोे खेलमा बराबरी भएपछी टाईबेकरमा माई–४ ले उपाधी हात पारेको हो ।
महिला फुटवल प्रतियोगितामा भने माई–७ ले माई–१ लाई टाईवेकरमा ३ का बिरुद्द ४ गोल गर्दै उपाधी हात पारेको आयोजक कमिटीका अध्यक्ष कुमार लिम्बुले जानकारी दिनुभयो । सुखानी शहिदको ऐतिहासिक स्थलको संझनामा शुरु भएको वडा स्तरीय प्रतियोगितामा माईका पुरुष १० टीम र महिला १० टीमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजयी, उपबिजयी टीमलाई पुरस्कार सहित बिभिन्न बिद्यामा सम्मान तथा पुरस्कार प्रदान गरिएकोे छ । पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको जनाईएको छ । संबिधान सभाका अध्यक्ष माननीय सुवासचन्द्र नेम्वाङको प्रमुख आथित्यतामा सम्पन्न फाईनल खेलमा पुरुष तर्फ माई–४ का खेलाडीहरु बेष्ट गोल किपर विमल लिम्बु, बेष्ट मिल्ड फिल्डर हरी मगर, बेष्ट डिफेन्डर आयुष बुढाथोकी, मेन अफ द टुनामेन्ट विशाल खवास भएका थिए भने हाईस्कोरर माई–८ का शेषुहाङ्ग चेम्जोङ भएका थिए ।

त्यस्तै महिला तर्फको प्रतियोगितामा माई–७ का खेलाडीहरु बेष्ट गोल किपर सबिता लिम्बु, बेष्ट मिल्ड फिल्डर रोजिना राई, बेष्ट डिफेन्डर सोनी लिम्बु, भएकी थिईन भने माई–१ का खेलाडी मेन अफ द टुनामेन्ट निशा लिम्बु र बेष्ट प्लेयर निशा राई भएको आयोजकका विकास बास्तोलाले जानकारी दिए ।

बिजयी, उपबिजयी टीमलाई युवा संघ नेपालका केन्द्रिय महासचिव रमेश आचार्य, प्रदेश नम्बर–१ का भुमि व्यवस्था, कृर्षि तथा सहकारी राज्य मन्त्री राम राना, माईका मेयर दिपक कुमार थेबे, उपप्रमुख बिष्णुमाया आचार्य, युवा संघ नेपाल इलाम अध्यक्ष अरुण बराल, नेकपा एमालेका नेता बुद्धि खनाल, रत्न वहादुर अधिकारी, प्रकाश अधिकारी, मुखराज आङ्गदम्बे लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि सुखानीका शहिदहरुको संझनामा प्रतियोगिता सञ्चालन गरिएको हो । २०२९ साल फागुन २१ गते सुखानीमा तत्कालिन शासकहरुले हत्या गरिएका रामनाथ दहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बीरेन राजबंशी र नारायण श्रेष्ठको ४६ औ स्मृति दिबशमा फुटवल आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published.