गौतम बुद्ध रंगशाला सहयोगार्थ देउमाई सुपर कप क्रिकेट प्रतियोगिता हुँने

  • 13
    Shares
गौतम बुद्ध रंगशाला सहयोगार्थ देउमाई सुपर कप क्रिकेट प्रतियोगिता हुँने

गणेश घिमिरे,इलाम:

चितवनको भरतपुरमा निर्माणधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को सहयोगका लागि इलामको देउमाई नगरपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल आइस देउमाई सुपर कप क्रिकेट प्रतियोगिता हुने भएको हो । युवाहरुलाई खेलकुदको माध्यमबाट माथि उठाउन बिगत लामो समयदेखि सक्रिय भूमिका निभाइरहेको स्थानीय त्रिबेणि युथ क्लबले उक्त प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता चैत्र ७ गते देखि १० गतेसम्म हुने क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिनुभयो । प्रतियेगितामा आयोजक सहित इलामका चार र झापाका चार गरी आठवटा टिमले प्रतिष्पर्धा गर्नेछ । उक्त खेलाडीले नगद पाँच्हजार रुपैंयाँ पाउनेछ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले ३० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस प्रतियोगितालाई सम्पन्न गर्नका लागि चौधरी ग्रुप र गजुरमुखि कन्स्ट्रक्सन प्रायोजक रहेको छ ।
यस्तै देउमाई नगरपालिका सहित स्थानीय ब्यपारी, स्थनीयबासी संघसंस्था, स्थानीय भिन्तुना रेस्टो लगायतले पनि सहयोग गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब चारलाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि सबैक्षेत्रबाट आर्थिक संकलन भएपछि प्रतियोगिता खर्च कटाएर ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरीरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का लागि एकलाख रुपैंयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने लक्ष्य आयोजकले लिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
आयोजक त्रिबेणि युथ क्लबले बिगतमा फूटबल खेललाई प्राथमिकतामा राखेर फूटबल खेलहरु गर्दै आएको थियो । सोहि अनुरुप उक्त क्लबले उत्पादन गरेका मंगलबारेकै नवयुग श्रेष्ठ अहिले राष्ट्रिय खेलाडीको जर्सिमा नाम कमाएका छन् । तर पछिल्लो सो क्षेत्रमा युवाहरुको आकर्षण क्रिकेटप्रति बढ्दै गएकाले उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने र नेपालकै गौरब मानिएको गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग गर्ने उद्येश्य राखेर क्लबले यस प्रतियोगिताको आयोजना गरेको श्रेष्ठको भनाई छ ।

प्रतियोगिता स्थानीय भानुभक्त माविको छात्राबास खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा ह्वाइट ह्वाज क्रिकेट क्लब सुरुङ्गा झापा र बैङकर्स क्लब इलामबीच प्रतिष्पर्धा हुनेछ । यस्तै पहिलो दिन नै आयोजक त्रिबेणि युथ क्लब देउमाई नगरपालिका र हेल्लो जस्बीरे क्रिकेट क्लब इलामनगरपालिका ४ बीच प्रतिष्पर्धा हुनेछ ।