इलाम आमन्त्रण खुला भलिवलको फाइनलमा आर्मी र विमान ट्रेडर्स

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १

इलाम: विभागीय टोली त्रिभुवन आर्मी र झापा विर्तामोडको विमान ट्रेडर्स इलाममा जारी दोस्रो इलाम खुला पुरुष भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल पुलिस क्लवलाई पराजित गदै आर्मी फाइनल प्रवेश गरेको हो ।

आजको पहिलो सेमिफाइनल खेलमा आर्मीले पुलिसलाई १९÷२५, २५÷२२, २५÷१५ र २५÷२० ले रोकेको हो । यो खेलमा पुलिसका रविन चन्द मेन अफ दि म्याच भए । आर्मी समूह ‘क’वाट विजेता वनेको हो भने पुलिस समूह ‘ख’वाट उप विजेता वन्दै सेमिफाइनलसम्म पुगेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडले एपिएफ सोझो सेटमा हरायो । विर्तामोडले २७÷२५, २५÷२० र २५÷२२ को सिधा सेटमा एपिएफलाई रोकेको हो । दोस्रो सेमिफाइनलमा एपिएफका हेमन्त मल्ल मेन अफ दि म्याच बने ।

विमान समूह क वाट उपविजेता वन्दै समिफाइनल पुग्दा समूह ख को विजेता एपिएफ प्रतिष्पर्धी पाएको हो । फाइनल खेल आइतबार हुने छ । प्रतियोगिताका विजेताले २ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार सहित ट्रफि प्राप्त गर्नेछ । ७ टिमको सहभागिता रहेको प्रतियोगिता जिल्ला भलिबल संघ इलामले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published.