इलामको फाकफोकथुममा १३ औं राष्ट्रपति रनिङ शिल्ड सुरू

इलामको फाकफोकथुममा १३ औं राष्ट्रपति रनिङ शिल्ड सुरू

गोविन्द लामिछाने,फाकफोकथुम:
इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा १३ आंै राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि छनौट प्रतियोगिता आजदेखि सुरु भएको छ । सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेलमैदानमा गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका छात्रछात्राले सहभागिता जनाउने छन् ।


प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष सरस्वती राई (सरू) ले विद्यार्थीको विकासका लागि खेलकूद क्षेत्रको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारा अनुरूप खेल विद्यार्थीको लागि अपरिहा¥य रहेको बताउनुभयो ।

उहाँले पोशाक लगाएर प्रतियोगितामा उपस्थिति छात्राहरूको खेलकूद प्रतिको लगाब देखिएकाले छात्राहरूलाई प्रोत्साहन उपलब्ध गराउने उहाँले घोषणा समेत गर्नुभयो ।
प्रतियोगितामा एथलेक्टिक्स ट्रयाकतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर र फिल्ड इभेन्टस तर्फ सटपुट, लङजम्प, हाइजम्प, त्रिपजम्प रहेका छन् । त्यस्तैगरी भलिबल, कबडी जस्ता खेल हुने खेल प्रशिक्षक घनश्याम चौलागाईंले जानकारी दिनुभयो ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाका १० वटा माध्यमिक विद्यालय सहभागी हुनेछन् । गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितालाई गाउँपालिकाबाट तीन लाख र सशर्त अनुदान एक लाख सहयोग रहेको शिक्षा शाखा प्रमुख मतापसिंह लिम्वूले जानकारी दिनुभयो ।

दिपेन्द्र पराजुलीले सञ्चालन गर्नुभएको उक्त उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोतिखर पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकका तर्फबाट सिंहदेवी मावि फूएतप्पाका गोविन्द लिम्वू, विव्यसका तर्फबाट सिंहदेवी मावि आमचोकका यामप्रसाद अधिकारी, जिल्ला खेलकूद विकास समितिका सदस्य टंक खनाल, ज्ञानदिलदास प्रतिष्ठान आमचोकका अध्यक्ष गुरुभक्त लामिछानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो