देउमाई सुपर कपको उपाधि बोस्टन क्लब झापालाई

  • 77
    Shares
देउमाई सुपर कपको उपाधि बोस्टन क्लब झापालाई

सुमित श्रेष्ठको बिस्फोटक ब्याटिङ

गणेश घिमिरे

सुमित श्रेष्ठको अलराउण्डर प्रदर्शनमा इलामको देउमाई नगरपालिकामा मंगलबार सम्पन्न नेपाल आइस देउमाई सुपर कप क्रिकेट प्रतियोगिताको उपाधि झापाको बोस्टन क्रिकेट एकाडेमी झापाले उचालेको छ । मंगलबारेको भानुभक्त माविको छात्राबास खेल मैदानमा आज सम्पन्न फाइनलमा बोस्टनले बैंकर्स क्लब इलामलाई ९८ रनको फराकिलो रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा २ सय २८ रनको बिशाल योगफल खडा गरेको थियो । झापाका लागि सुमित श्रेष्ठले ६६ बलमा शतकिय इनिङस खेल्दै अबिजित १ सय ४२ रन बनाए । यस्तै मनोज तामाङले २९ र बिपिन बाँस्तोलाले १८ रन जोडे । बिस्फोटक ब्याटिङ गरेका सुमितका बैंकर्सका बलर निरीह बनेका थिए । बैंकर्स क्लबका लागि प्रबेश कामती, मिनस थापाले २÷२ विकेट लिएभने अनुप कार्की र सुनील मगरको नाममा एक÷एक विकेट रहयो । उता २ सय २९ रनको जवाफि ब्यािटङमा आएका बैंकर्स क्लब इलाम १७ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ३० रनमा समेटियो । उसका लागि मिनस थापाले ६४ रनको अर्धशतकीय इनिङ्गस खेलेपनि टोलिको हार भने टार्न सकेनन् । त्यस्तै दिवस बराइलिले २९ रन जोडे । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटीए । बोस्टनका सुमित श्रेष्ठर मनोज तामाङले ३÷३ विकेट लिएभने ज्ञानेन्द्र श्रेष्ठले २ र बिशाल खड्काको नाममा एक विकेट रह्यो । फाईनल खेलमा सुमित श्रेष्ठ म्यान अफ खि म्याच घोषित भए । प्रतियोगिताको विजेता टिम बोस्टन क्रिकेट एकाडेमी झापले ५० हजार र उपबिजेता बैंकर्स क्लब इलामले ३० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बोस्टनका सुमित श्रेष्ठ घोषित हुँदा उत्कृष्ट बलर त्रिबेणि युथ क्लबका सोनु मण्डल र उत्कृष्ट ब्याटसम्यान बैंकर्स क्लबका मिनस थापा घोषित भए । त्रिबेणि युथ क्बल देउमाईनगरपालिका मंगलबारेले आयोजना गरेको प्रतियागिताको बिजेता तथा उपबिजेता टिमलाई आयोजक समितिका अध्यक्ष बिक्रम श्रेष्ठ, देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो । प्रतियेगितामा इलामका ४ र झापाका चार सहित आठ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितालाई सम्पन्न गर्न चौधरी ग्रुप र गजुरमुखि कन्स्ट्रक्सनले प्रायोजन गरेका थिए । यस्तै दोस्रो पुरस्कार मंगलबारेमै रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको थियो । यसैगरी देउमाई नगरपालिका, स्थानीय ब्यपारी, स्थनीयबासी, संघसंस्था, स्थानीय भिन्तुना रेस्टो लगायतले पनि सहयोग गरेको आयोजक समितिका सदस्य योगेन दाहालले जानकारी दिनुभयो । युवाहरुमा बढ्दै क्रिकेट मोहलाई ध्यानमा राख्दै त्रिबेणि युथ क्लबले स्थानीय स्तरबाट उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने तथा चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरीरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरेको क्लबक अध्यक्ष श्रेष्ठको भनाई छ । क्लबले उक्त रंगशालाका लागि एकलाख रुपैंयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने लक्ष्य लिएको छ ।