राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चाम घट्यो

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १

गणेश घिमिरे, इलाम:

जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट इलामको ठूलो टुडिखेलमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले गर्नुभयो । प्रतियोगिता चैत्र १५ गते सकिनेछ । प्रतियोगितामा जिल्लाका १० वटै स्थानिय तहबाट पालिका स्तरमा छनौट भएर आएका बिद्यालयका बिद्यार्थी खेलाडीहरु रहका छन् । पछिल्लो केहीबर्ष यता इलाममा हुने गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चाम समेत घट्दै गएको छ । जिल्लामा रहेका निजी र सामुदायिक गरि तीनसय भन्दा बढि बिद्यालयहरु रहेपनि यस प्रतियोगितामा जम्मा आठ÷दश वटा बिद्यालयले मात्र सहभागिता जनाएका छन् । पालिका स्तरकै छनौटमा बिद्यालय सहभागिताको सङख्या कम भएकाले जिल्ला स्तरमा समेत कम बिद्यालय र कम बिद्यार्थी खेलाडी सामेल भएका हुन् । यस किसिमको प्रयोगितालाई बिद्यालय, स्थानीय सरकार र प्राथमिकतामा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको जिल्ला खेलकुद बिकास समितिले नै कम प्राथमिकतामा राख्ने गरेको सरोकारवाला नै बताउँछन् । यता शुक्रबारबाट सुरु भएको यस प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबडिड सहित ३ हजार, १५ सय, ८ सय, ४ सय, २ सय, १ सय मिटर दौडका साथै रिले, ज्याब्लिङ्ग थ्रो, हाइजम्प, लङजम्प, ट्रिपलजम्प जस्ता बिधाका खेलमा प्रतिष्पर्धा गर्दैछन् भने, मार्सल आर्ट तर्फ बिभिन्न तौल समूहमा छात्र÷छात्राले उसु, कराँते र तेक्वान्दोमा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद बिकास समिति इलामले जनाएको छ । प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने, बिद्यार्थी र बिद्यालयलाई समापनका दिन पुरस्कार वितरण गरिने बताइएको छ । मार्सल आर्ट सम्बन्धिका खेल सिधै जिल्ला स्तरमा हुने भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा सहभागि बिद्यालका बिद्यार्थीले मार्च पास गरेका थिए भने अतिथीहरुले ट्रयाक दौड गरेका थिए । उद्घाटन कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेली लगायतले खेलकुद क्षेत्रको बिकासमा राज्यको ध्यान जान जरुरी रहेको बताउँदै यस्ता किसिमको प्रतियोगितालाई बिस्तार गर्दै भब्य बनाउन आग्रह गर्नुभयो ।

आदर्शका बिद्यार्थीलाई बित्तीय साक्षरता सम्बन्धि जानकारी

बैंकको बित्तीय साक्षरता कार्यक्रम अन्तर्गत इलाम सदरमुकाम स्थित आदर्श माविका बिद्यार्थीलाई बित्तीय साक्षरता सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीएको छ । इलाम सदरमुकाममा रहेको युनाइटेड फाइनान्स बैंकले आदर्श माविमा कक्षा १२ मा अध्ययनरत ब्यबस्थापन संकायका करिब ७० जना बिद्यार्थीलाई अभिमुखिकरण दिइएको हो । बैंक खाता किन खोल्ने, बैंकमा खाता खोलेपछि के के सेवा सुबिधा पाउन सकिन्छ, बैंक के हो ?, बैंकले निक्षेप स्वीकार गर्ने र कर्जा प्रबाह कसरी गर्छ, बैंक किन आवश्यक छ, जोखिम न्यूनिकरण कसरी गर्न सकिन्छ, ग्राहकले गर्न नहुने कामहरु के के हुन् लगायतका बिषयमा जानकारी गराइएको थियो । उक्त बारेमा बैंकका शाखा प्रबन्धक गोविन्द केशरी पोख्रेल, बैंकका कर्जा प्रमुख असिम पोख्रेल सहित मदन घिमिरेले सहजीकरण गर्नुभएको थियो । युनाइटेड फाइनान्सले बिभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.