समृद्ध नकआउट फुटबल प्रतियोगिताको सेमीफाईनलमा निर्भाना फुटबल क्ल्व फिक्कल

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १

फिक्कल: इलामको सूर्योदयनगरपालिका ९ रम्फोक स्थीत चन्द्र खेल मैदानमा जारी समृद्ध नकआउट फुटबल प्रतियोगितमा निर्भाना फुटबल कल्व फिक्कल बिजयी भएको छ ।आज सम्पन्न खेलमा अनुग्रह फुटबल कल्वलाई ४-१ गोल अन्तरले हराउदै निर्भाना सेमिफाईनल मा प्रबेश गरेको हो ।
खेलको १० औ मिनेटमा निर्भानाका जर्सि न ९ का प्रज्वल राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए अनुग्रहका जर्सि न १७ का टिकाराम मगरले खेल को २५ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा बराबरी भएको खेलमा निर्भानाका जर्सी न ७ का नयन प्रधानले ४२स४५,६७ औ मिनेटमा ह्याट्रिक गरे सङ्गै निर्भाना ४(१ गोल अन्तरले जित निकाल्न सफल भएको हो ।
भोली चौथो क्वाटर फाईनल अनतर्गत न्यु भिजन एफ सि र युनाईटेड एफ सि बिच हुने आयोजक समितिका सचिव मानविर लेप्चाले जानकारी दिनु भयो । भोलिनै ४० बर्ष माथिका खेलाडी मैत्रीपुर्ण खेल पनि हुनेछ

प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ । आगामी मसिंर २६ गते बिभिन्न कलाकारको साथमा लेखुविवस उपचार सहयोगार्थ च्यारेटी सो पनि हुने छ ।

Leave a Reply

Your email address will not be published.