इलामको माइजोगमाईमा जारी अध्यक्ष कपको सेमीफाइनल समिकरण पुरा

खेलकुद प्रदेश नं. १

रोशन काफ्ले,नयाँबजार : इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्षकपको सेमीफाइनल समिकरण पुरा भएको छ । बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको आज ९विहिबार० क्वाटरफाइनलका २ खेल सम्पन्न भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो ।
पहिलो सेमीफाइनल खेलमा माई नगरपालिका र रेडहर्स इलाम तथा दोश्रो सेमीफाइनल खेलमा माईजोगमाई रातो र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुनेछ । सेमीफाइनलका खेलहरु शुक्रबार हुनेछ ।
आजको पहिलो खेलमा रेडहर्सले राँके स्र्पोटिङ क्लब पाँचथरलाई सडनडेथमा हराउँदै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो । खेलको म्यान अफ दि म्याच रेडहर्सका नितेष गुरुङले पाए ।
त्यसैगरी दोश्रो खेलमा घरेलु टोली माईजोगमाई रातोले जनता सेभेन फिक्कललाई २–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनायो । दोश्रो हाफको चौथो मिनेटमा समिर तामाङले जनता सेभेनलाई अग्रता दिलाए । ४ मिनेट नवित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछिङले जनता सेभेनलाई अग्रता दिलाए । ४ मिनेट नवित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछि २–१ गोल अन्तरको जित निकाल्दै घरेलु टोली सेमीफाइनल प्रवेश गरेको हो ।
माईजोगमाईका सर्जन राई म्यान अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published.