इलामको देउमाईमा सुदिप मेमोरीयल कर्वडहलको उद्घाटन

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति खेलकुद प्रदेश नं. १



इलाम: इलामको देउमाई नगरपालिकामा निर्माण भएको सुदिप मेमोरीयल बहुउद्देश्यीय कर्वडहलको बिहीबार उद्घाटन गरिएको छ ।
संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले एक कार्यक्रमका बिच बहुउद्देश्यीय कर्वडहलको उद्घाटन गर्नु भएको हो । उद्घाटनका अवसरमा नेम्वाङले खेलकुदले मानिसलाई स्फुर्त राख्ने भएकाले खेलकुदको बिकासमा लाग्नु पर्ने बताउनु भयो । उहाले स्थानीय स्तरमा निर्माण भएको कर्वड हलले खेलाडी उत्पादन गर्न सक्ने भएकाले सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।
दुईवटा ब्याडमिण्टन कोर्ड र सभा हलमा एक हजार मानिस अटाएर कार्यक्रम गर्न सकिने जनाईएको छ । कर्वड हलमा डवल कोर्डका दुई ओटा ब्याडमिण्टन कोर्ड समेत निर्माण गरिएको छ । स्थानीय पूर्णचन्द्र श्रेष्ठले आफना स्वर्गीय छोरा सुदिप श्रेष्ठको नाममा नगरलाई निशुल्क उपलब्ध गराउनु भएको २ रोपनी जमिन मध्ये १ रोपनी जकिनमा कर्वर्ड हल निर्माण गरिएको छ । उसु खेलाडी सुदिपको निधन भए पछि उहाका बुबा पूर्णचन्द्रले ३२ लाख रुपैयाँ पर्ने जग्गा निशुल्क नगरलाई उपलब्ध गराउनु भएको थियो । ७२÷६५ फुट स्र्कायर फुटका २ वटा ब्याडमिन्टन कोर्ड सहित निर्माण गरिएको हलमा भलिवल, उसु, कराते लगायतका इन्डोअर खेल संचालन गर्न सकिने नगरका इन्जिनियर दामोदर कार्कीले जानकारी दिनु भयो ।प्रदेश १ सरकारको समपुरक कोषबाट ३६ लाख र देउमाई नगरपालिकाको ४० लाख गरी ७६ लाखको लागतमा सुविधा सम्पन्न कर्वड हल निर्माण गरिएको छ ।
देउमाई नगरपालिकाका नगर प्रमुख सूर्य पोखरेलले नगरमा सभा सम्मेलन गर्न हलको अभाव भैरहेकै बेला निर्माण गरिएको कर्वड हलले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनु भयो । उद्घाटनका अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना समेत गरिएको थियो ।
नगर प्रमुख सूर्य पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांषद राम राना, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत , उप प्रमुख पविमाया राई लगायतले स्थानीय स्तरमा खेल क्षेत्रको बिकासको नमुना भएको बताएका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहालले निर्माण गरिएको कवैड हल पश्चिमी इलामको नमुना बन्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.