सूर्योदय मेयर कपको उपाधि वडा नं ११ लाई

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १

फिक्कलः प्रथम वडा स्तरिय सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ ले जितेको छ छ । सुर्योदय नगरपालिका–९ पान्दामको एमएफसी खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं १२ लाई १-० गोल अन्तरले हराउँदै वडा नं ११ ले उपाधि रक्षा गरेको हो ।

शेखर राईले खेलको २१ औ मिनेटमा गरेको गोल नै उपाधिको निर्णायक बन्यो । उपाधि संगै बिजेताले नगद १ लाख र उपविजेताले ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । सेमीफाइनल खेलमा वडा नं १० माथि ३-१ गोल अन्तरको जीत निकाल्दै वडा नं १२ ले फाइनलमा स्थान बनाएको थियो भने वडा नं ११ ले वडा नं १ माथि ४-० गोल अन्तरको जीत निकालेको थियो ।

प्रतियोगितामा ४ गोल गरेका वडा नं १० का सचिन योल्मो सर्वाधिक गोलकर्ता घोषित भए । वडा नं ११ का सर्जन लिम्बु उत्कृष्ट गोलरक्षक, वडा नं ११ कै शेखर राई उत्कृष्ट स्ट्राइकर, वडा नं ११ का सौभाग्य लिम्बु उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले जनही ५ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम वडा नं १ घोषित हुँदै नगद १० हजार प्राप्त गर्न सफल रहयो ।

सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा_ का अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य निरोज खड्गी, नगर प्रमुख रणबहादुर राईको विशेष आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.