झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ र सहारा भिड्दै

खेलकुद समाज

बिर्तामोड । भोलिदेखि सुरु हुने झापा गौल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ र पोखराको सहारा क्लब भिड्ने भएका छन् । १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक र पोखराको साहारा क्लब प्रतिस्पर्धा गर्ने भएका हुन् । १९ गते आईतबार मोरङ ११ र शसस्त्र पहरीको एपीएफबिच प्रतिस्पर्धा हुनेछ । २० गते सोमबार पहिलो क्वार्टरफाईनलमा उद्घाटन खेलको बिजेताले हङकङ नेप्लिज एकेडेमीको सामना गर्नेछ । २१ गते मंगलबार मोरङ र एपीएफको बिजेताले त्रिभुवन आर्मीसंग क्वार्टरफाइनल खेल खेल्नेछ । २२ गते बुधबार थ्रीस्टार र नेपाल पुलिस तथा बिहिबार मनाङ र रुपन्देही आमने सामने हुनेछन् ।

प्रतियोगीताका सबै खेलहरु बिर्ताबजारस्थित डोमालाल राजबंशी रंगशालामा हुनेछ । गोल्डकपका लागी मैदान निर्माण र अस्थायी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यसैबीच, गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । इसेवासँग सहकार्य गरेर आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउनुभयो ।

गोल्डकपको उपाधि बिजेताले १२ लाख ५० हजार रुपैयाँ र र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्यसैगरि यो बर्षको प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले एक थान मोटरसाईकल पाउने छ भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २१ हजार रुपैया पाउने छन । प्रतियोगिताको सर्बाधिक गोलकर्ताले २५ हजार नगद पाउने छन् भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले नगद १५ हजार पाउने अध्यक्ष गिरीले बताउनु भयो ।

यस्तै प्रतियोगिताको अवसरमा झापाका पुराना दुई जना फुटबल खेलाडीलाई जनही २५ हजार सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उदघाटन्कै दिन खेलमैदानका लागि जग्गा दान दिनु हुने स्वर्गिय डोमालाल राजबंशीको परिवारलाई २५ हजार नगद सहित सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।

एक करोड ५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट एक करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ । मनसा थाईफुट्सको उत्पादन मगमग तयारी चाउचाउले यसपालीको झापा गोल्डकपको मुख्य प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published.