इलाममा माइभ्याली गोल्डकपको चटारोः रंगशालाको अभाव हुँदा समस्या

Hot News Mukya Samachar Special News Trending खेलकुद


प्रकाश नेपाल,इलाम :

 इलाममा आयोजना गरिने पाँचौँ संस्करणको माइभ्याली गोल्डकप फुटबल आगामी २६ गतेदेखि सुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय टिमको समेत सहभागिता हुने यस प्रतियोगिताले ठूलो उत्साह ल्याए पनि व्यवस्थित रंगशाला नहुँदा भने खेलप्रेमीलाई निराश बनाएको छ ।

इलाममा आयोजना हुने खेलको एउटा बृहत् प्रतिस्पर्धा हो माइभ्याली गोल्डकप ।

प्रतियोगिता सुरु हुन केही दिनमात्र बाँकी छ र खेलप्रेमीका लागि ठूलो चासोका रुपमा यस प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ ।

फुटबलप्रेमीहरुको ठूलो जमात भएको इलाममा सुविधायुक्त रंगशालाको अभाव भने टड्कारो रुपमा देखा परेको छ ।

राणा शासनकालमै निर्माण भएको इलाम बजारको तल्लो भागमा अवस्थित टुँडिखेलले खेलका सयौँ प्रतिभाहरु उजागर गरायो तर मैदानको मुहार फेरिन सकेको छैन ।

विसंं १९३९ तिर श्रीनाथ पल्टनले गोरु नारेर मैदान सम्याएको यो मैदानको स्तरोन्नतिका लािग ठोेस पहलकदमी कसैले नगरेको स्थानीय दिनेश काफ्ले बताउँछन् ।

लामो समयसम्म पल्टनलाई परेड खेलाउन प्रयोग गरिएको मैदानमा वि.सं. १९९० पछि फूटबल खेल सुरु भएको हो ।

राणाकालिन सैनिक र स्थानीयबीच पेट्रोलम्याक्स बालेर राति अबेरसम्म प्रतियोगिता हुने गरेको भूतपूर्व खेलाडी तथा इलामका स्थानीय घनेन्द्र भक्तराजको सम्झना छ ।

लामो इतिहास बोकेको यस मैदानमा जिल्लामा हुने  फूटबल बाहेकका प्रतियोगिता पनि सञ्चालन गरिन्छ ।

फागुन २६ गते देखि  संचालन हुन लागेको पाँचौं संस्करणको माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा स्वदेशी ए डिभिजनका ७ टिम र विदेशी ३ टीमको सहभागिता हुने बताइएको छ ।

दर्शकका लागि बाँसको प्याराफिट बनाउँदा हरेक वर्ष ७ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।

जिल्लाकै खेलकूदको आधारभूमिका रुपमा रहेको यस मैदानलाई स्तरोन्नति र व्यवस्थित गर्न सके खेलाडी र खेलप्रतिको सच्चा सम्मान हुने थियो ।नयाँ बुल्न्दबाट

Leave a Reply

Your email address will not be published.