एपिएफ क्लब झापा गोल्डकपको क्वाटरफाईनलमा

एपिएफ क्लब झापा गोल्डकपको क्वाटरफाईनलमा

बिर्तामोड:सशस्त्र प्रहरीको एपिएफ क्लब झापा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा शनिबार भएको खेलमा मोरङ ११ लाई १-० गोल अन्तरले हराउदै एपिएफ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

एपिएफ लाई जित दिलाउन हरि कार्कीले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बनेको थियो । आजको विजेता एपिएफले मङ्गलबार दोस्रो क्वाटरफाईनलमा त्रिभुवन आर्मी संग खेल्ने छ ।

आइतबारको पहिलो क्वाटरफाईनलमा आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमि बिच प्रतिसपर्धा हुने आयोजकले जनाएको छ । २७ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले १२ लाख ५० हजार रुपैयाँ र उपबिजेताले ६ लाख ५ हजार नगद प्राप्त आयोजकले जनाएको छ ।