पाँचौ संस्करणको माइभ्याली गोल्डकप केहिबेरमा शुरु हुँदै

पाँचौ संस्करणको माइभ्याली गोल्डकप केहिबेरमा शुरु हुँदै

इलाममा पाँचौ संस्करणको माइभ्याली गोल्डकप आजबाट सुरु हुँदै छ । आजको उद्घाटन खेलमा आयोजक माईभ्याली एफसी र दार्जि्लिङ युनाईटेड क्लब भारत भिड्ने भएका छन् । खेल इलामको ठूलो टुँडिखेलमा सुरु हुनेछ ।
माईभ्याली फूटबल क्लब इलामको आयोजनामा सुरु भएको गोल्डकपमा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता रहनेछ ।गोल्डकपको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो । गोल्डकपमा दर्शकका लागि बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।