माइभ्याली गोल्डकपको पाँचौ संस्करण शुरुः आयोजक माईभ्याली एफसी र दार्जि्लिङ युनाईटेड क्लब भिड्दै

इलामंः इलाममा पाँचौ संस्करणको माइभ्याली गोल्डकप आजबाट सुरु भएको छ । आजको उद्घाटन खेलमा आयोजक माईभ्याली एफसी र दार्जि्लिङ युनाईटेड क्लब भारत भिड्दै छन ।
खेल इलामको ठूलो टुँडिखेलमा सुरु भएको छ ।


माईभ्याली फूटबल क्लब इलामको आयोजनामा सुरु भएको गोल्डकपमा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता रहेको छ ।

गोल्डकपको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

गोल्डकपमा दर्शकका लागि बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको फाईनल खेल चैत्र ५ गते हूँने छ ।

Leave a comment

Your email address will not be published.