माईभ्याली गोल्डकपको पहिलो खेलमा दार्जिलिङ युनाईटेड क्लब बिजयी, आयोजक माईभ्याली पराजित

Mukya Samachar Special News खेलकुद

इलामः इलाममा शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको आजको खेलमा दार्जिलिङ युनाईटेड क्लब बिजयी भएको छ ।
दार्जिलिङ युनाईटेड क्लबका जर्सी नम्बर ६ का देवाशिस राईले इन्जुरी समयमा १ गोल गर्दै आयोजक माईभ्याली क्लबलाई पछि पारेको हो । आजको खेलमा दार्जिलिङका वाङदेन तामाङ म्यानअफदी म्याच घोषीत भएका छन ।
माईभ्याली फूटबल क्लब इलामको आयोजनामा सुरु भएको गोल्डकपमा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता रहेको छ ।
गोल्डकपको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
भोलीको खेल नेपाल फूटबल एकाडेमी हङकङ र हिमालयन शेर्पा क्लब काठमाडौं प्रतिष्पर्धा हुने आयोजक माईभ्याली फुटवल क्लबले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल खेल चैत्र ५ गते हुने छ ।
२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो । गोल्डकपमा दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.