माईभ्याली गोल्डकपः आज हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा मैदान उत्रदै

Mukya Samachar Special News Trending खेलकुद

इलामः इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा आज हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा काठ्माण्डौ भिड्दै छन् ।

खेल दिउसो २ बजे पछि इलामको ठूलो टुडीखेलमा हुँने छ । खेलमा दर्शकको संख्या बढ्ने आयोजक माईभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनु भयो ।

आजका दुई टिम माईभ्याली गोल्डकपमा पहिलो पटक भिड्न लागेका हुन । शहिद स्मारक ए डिभिजन लिगमा सातौ स्थानमा रहेको हिमालयन शेर्पा क्लबको सिजनको चौथो सहभागीता हो ।

इलामको मैदानमा पहिलो पटक उत्रने तयारीमा रहेको दुवै टिम जित निकाल्दै आफनो बलियो उपस्थिती देखाउने तयारीमा छन ।

Leave a Reply

Your email address will not be published.