माईभ्याली गोल्डकपः हङकङलाई हराउदै हिमालयन शेर्पा क्वाटर फाईनलमा

माईभ्याली गोल्डकपः हङकङलाई हराउदै हिमालयन शेर्पा  क्वाटर फाईनलमा

इलाम: हिमालयन शेर्पा क्लव काठमाण्डौले इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा क्वाटर फाइनलको यात्रा तय गरेको छ । मंगलबार भएको खेलमा हङकङ नेप्लीज फूटवल एकाडेमीलाई एक गोलका विरुद्ध पाँच गोल गर्दै क्वाटल फाइनलको यात्रा तय गरेको हो ।
जितका लागि हिमालयनका तर्फबाट जर्सी नम्वर २४ का सुनिल खड्काले खेल सुरु भएको एक मिनेटमा नै गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै नौँ औँ मिनेटमा खड्काले पुन अर्को गोल गर्दै नतिजा दोब्बर बनाएका थिए ।


खेलको ३७ मिनेटमा हिमालयनकै तर्फबाट जर्सी नम्वर १३ का बिसन गुरुङले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफ पछिको २१ औँ मिनेटमा हिमालयनकै जर्सी नम्वर २४ का सुनिल खड्काले अर्को गोल गर्दै ह्याडट्रिक पुरा गरेका थिए । त्यस्तै दोस्रो हाफ पछिकै ३२ औँ मिनेटमा हिमालयनकै तर्फबाट जर्सी नम्वर २३ का मनबहादुर तामाङले गोल गरेका थिए ।


यता हङकङका तर्फबाट एक मात्र सान्त्वना गोल जर्सी नम्वर १८ का समिर लिम्बूले दोस्रो हाफ पछिको एक मिनेटमा गरेका थिए । अन्तत हङकङ पहिलो चरणबाट नै बाहिरिन पुगेको छ । खेलको म्यान अफदि म्याच जर्सी नम्वर २४ का सुनिल खड्का घोषित भए ।
बुधबारको खेल दार्जिलिङ र नेपाल पुलिस क्लव विच हुने छ ।