माईभ्याली गोल्डकप: आज नेपाल पुलिस र युनाइटेड दार्जिलिङ भिड्दै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाचार

इलाम: इलाममा जारी पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको आज देखि क्वार्टर फाइनलका खेल सुरु हुँदै छन् ।
आजको पहिलो क्वार्टरफाइनल युनाइटेड क्लब दाजिलिङ र विभागीय टिम नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुँदैछ । खेल दिउसो ३ बजेपछि इलामको ठूलो टुडीखेलमा हुँनेछ ।
उद्घाटन खेलमा दाजिलिङले आयोजक माईभ्याली फूटबल क्लबलाई पछि पार्दै क्वार्टर फाइलनमा प्रवेश गरेको थियो । पुलिस चोथो माईभ्याली गोल्डकपको उपविजेता टिम हो ।
५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहेको छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।२०७१ सालमा देखि हुँदै आएको माईभ्याली गोल्डकप पूर्वी पहाडकै सबै भन्दा ठूलो धनराशिको प्रतियोगिता हो ।
बिगतका बर्षहरुमा दर्शकको बाक्लो उपस्थिति रहेपनि यस बर्ष दर्शकले खासै साथ भने दिएका छैनन । क्लबका अध्यक्ष धिरेन चेम्जोङले दर्शकको न्यून उपस्थििले आफ नै अचम्मीत भएको बताउनु भयो । उहाले एक सालमा दुई वटा प्रतियोगिता आयोजना हुँदा केहि असर परेको बताउनु भयो । २०७५ बैशाखमा संचालन भएको प्रतियोगिता १० महिनाको अन्तरमा यस पटक फागुनमै आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published.