थ्रीस्टारलाई हराउदै हिमालयन शेर्पा माईभ्याली गोल्डकपको सेमी फाईनलमा

थ्रीस्टारलाई हराउदै हिमालयन शेर्पा माईभ्याली गोल्डकपको सेमी फाईनलमा


इलामः
हिमालयन शेर्पा क्लव काठमाण्डौ पाँचौ अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो खेलमा हिमालयन शेर्पाले गत बर्षको माईभ्याली गोल्डकपको बिजेता थ्रीस्टारलाई ३–१ गोल अन्र्तरले हराउदै सेमी फाईनलको यात्रा तय गरेको हो ।
पहिलो हाफको १३ औं मिनेटमा थ्रीस्टारका अनिल गुरुङले पहिलो गोल गरेर अग्रता दिलाएका थिए ।अन्यान्तै प्रतिष्पर्धात्मक देखिएको खेलको १९ औं मिनेटमा हिमालयन शेर्पा क्लव काठमाण्डौका बिजय श्रेष्ठले जवाफी गोल पर्काउर्दै बराबरीमा रोकेका थिए । दोस्रो हाफ पछिको २३ औं मिनेटमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले दोस्रो गोल गरेर टिमलाई अग्रता दिएका थिए । लगातार दवावमा राखेको हिमालयन शेर्पाका सुनिल खड्काले दोस्रो हाफ पछिको २९ औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
थ्रीस्टार माईभ्याली गोल्डकपको चौथो संस्करणको बिजेता हो भने हिमालयन शेर्पा पहिलो पटक माईभ्याली गोल्डकपमा सहभागी भएको हो ।
बिहिबारको खेल बिभागीय टिम ए.पी.एफ. र दाउपिन्स क्लम क्याम्रुन बिच हुने आयोजकले जनाएको छ । बुधबारको खेलमा हिमालयन शेर्पाका उल्रिस शिवे म्यानअफदी म्याच घोषीत भएका छन ।
नेपाल पुलिस क्लव युनाइटेड दार्जिलिङलाई हराउदै सेमी फाईनलमा प्रवेश गरी सकेको छ । फाईनल खेल आउदो चैत्र ५ गते हुँने छ ।