माईभ्याली गोल्डकप: विदेशी टीम क्यामरुन सेमी फाइनलमा प्रवेश

माईभ्याली गोल्डकप: विदेशी टीम क्यामरुन सेमी फाइनलमा प्रवेश


टीका खतिवडा

इलाम: विदेशी दाउफिन्स फुटवल क्लब क्यामरुन इलाममा जारी पाँचौ अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार इलामको ठूलो टुँडीखेलमा भएको प्रतिष्पर्धात्मक खेलमा ससस्त्र प्रहरीको एफिएफ क्लवलाइ एक गोलका विरुद्ध ३ गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
जितका लागि खेलको १४ औँ मिनेटमा क्याम्रुनका तर्फबाट जर्सी नम्वर १७ का मेस्सोभ्केले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २० औँ मिनेटका क्याम्रुनकै जर्सी नम्वर १४ का पेट्न्गाले अर्को गोल गर्दै नतिजा दोब्बर वनाएका थिए । पेट्न्गाले नै दोस्रो हाफको १७ औ मिनेटका अर्को गोल गरेका हुन् ।

यता एपिएफक तर्फबाट एकमात्र सान्त्वना गोल खेलको ३५ औँ मिनेटमा जर्सी नम्वर १६ का हरी कार्कीले गरेका हुन् ।
खेलको म्यानअफ दि म्याच क्याम्रुनकै जर्सी नम्वर १४ का पेट्न्गाले प्राप्त गर्दै नगद १० हजार र ट्रफी प्राप्त गरेका छन् ।
शुक्रबारको खेल मेची नेत्रालय झापा र नेपाल आर्मी विच खेल हुने आयोजकले जानकारी दिएको छ ।

तस्विर सुर्वण खड्का