माईभ्याली गोल्डकपः आर्मीलाई हराउदै मेची नेत्रालय झापा सेमी फाईनलमा प्रवेश

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाचार समाज

इलामः
मेची नेत्रालय झापा इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमी फाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मीलाई हराउदै मेची नेत्रालय सेमी फाईनलमा प्रवेश गरेको हो ।
आर्मीका दिपेन्द्र कार्कीले दोस्रो हाफ पछिको ५७ औं मिनेटमा पहिलो गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा मेची नेत्रालय झापाका बिकास राईले गोल फर्काएर बराबरी बनाएका थिए । खेल अवधिभर एक÷एक गोलको बराबरी भए पछि १४ मिनेट समय थप गरिएको थियो ।
थप गरिएको समयमा पनि कुनै गोल हुँन नसके पछि ट्रईवेकरमा परिणत भएको थियो । ट्रईवेकरमा ४–३ गोल अन्र्तरले आर्मी पराजित भएको थियो । मेत्री नेत्रालयका दिनेश थापा खेलको म्यानअफदि म्याच घोषीत भए ।
मेची नेत्रालयले अव सेमी फाईनलमा हिमालयन शेर्पा क्लव संग खेल्ने छ । यस अघि नै नेपाल पुलीस क्लव, हिमालयन शेर्पा क्लब र दाउफिन्स क्लव क्यामरुन सेमी फाईनलमा प्रवेश गरिसकेका छन् ।
शनिबारबाट सेमी फाईनलका खेलहरु शुरु हुँने छन् । पहिलो सेमी फाईनल खेल अन्र्र्तगत शनिबार नेपाल पुलीस क्लव र बिदेशी टिम दाउफिन्स क्लव क्यामरुन बिच हुने छ ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तस्विरः सुर्वण खड्का

Leave a Reply

Your email address will not be published.