माईभ्याली गोल्डकपः आज पहिलो सेमी फाईनलमा पुलीस र दाउफिन्स भिड्दै

माईभ्याली गोल्डकपः आज पहिलो सेमी फाईनलमा पुलीस र दाउफिन्स भिड्दै

इलामः
इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता अन्र्तगत आजबाट सेमी फाईनलका खेल शुरु हुँदै छन् । आजको पहिलो सेमी फाईनलमा नेपाल पुलीस क्लव र बिदेशी टिम दाउफिन्स क्लव क्यामरुन बिच हुने छ ।
भोली दोस्रो सेमी फाईनलमा मेची नेत्रालय र हिमालयन शेर्पा क्लव काठ्माण्डौ बिच प्रतिष्पर्धा हुँने छ । चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता छ  ।

माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।