माईभ्याली गोल्डकप: दाउफिन्स फाइनलमा प्रवेश

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १ समाचार समाज


इलामः

नेपाल पुलिस क्लवलाई पाखा लगाउदै क्यामरुनको दाउफीन्स फूटबल क्लव इलाममा जारी पाँचौं अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवलाइ दुइ एक गोल अन्तरले हराउँदै दाउफीन्सले फाइनलको यात्रा तय गरेको हो ।
मध्यान्तर अगाडि प्रतिष्पधात्मक खेलमा दाउफिन्स क्लव क्यामरुनका टीनाले १६ औ मिनेटमा गोल गरि आफ्नो टीमलाई अग्रता दिलाएका थिए । मध्यान्तर पछाडिको खेलमा दाउफीन्सकै इशाले दोस्रो गोल गरे ।
आजको खेलको म्यान अफ दी म्याच दाउफीन्स क्लव क्यामरुनका टीना घोषित भए । आइतबार हिमालयन शेर्पा क्लव र मेची नेत्रालय काकरभिट्टा झापाबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजक माइभ्याली फूटबल क्लवले जनाएको छ ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागि थिए  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तस्विरः सुर्वण खड्का

Leave a Reply

Your email address will not be published.