इलामः
इलाममा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोस्रो सेमी फाइलनमा आज हिमालयन शेर्पा क्लव र काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर भिड्दै छन् ।
हिजो पहिलो सेमिफाइनल खेलबाट नेपाल पुलिस क्लवलाइ दुई शून्य गोल अन्तरले हराउँदै बिदेशी टिम दाउफीन्स फाइनलमा प्रवेश गरिसकेको छ ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिम सहभागि थिए । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।