दुई सय पचास खेलाडीको सामुहिक बिमा

दुई सय पचास खेलाडीको सामुहिक बिमा

इलाम:आइएमइ जनरल इन्स्युरेन्स कम्पनीले २ सय खेलाडी र ५० जना अफिसियलको निशुल्क सामुहिक दुर्घटना विमा गरेको छ । इलाममा जारी माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा सहभागी खेलाडी र अफिसियलको जनही पाँच लाखका दरले निशुल्क बिमा गरेको हो । पाँचौ संस्करण सम्म आउँदा पहिलो पल्ट सो कम्पनीले सहयोग स्वरुप निशुल्क बिमा गरिदिएको हो ।

आइएमइ जनरल इन्स्युरेन्स कम्पनीले २ सय खेलाडी र ५० जना अफिसियलको निशुल्क सामुहिक दुर्घटना विमा गरेको छ । इलाममा जारी माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा सहभागी खेलाडी र अफिसियलको जनही पाँच लाखका दरले निशुल्क बिमा गरेको हो । पाँचौ संस्करण सम्म आउँदा पहिलो पल्ट सो कम्पनीले सहयोग स्वरुप निशुल्क बिमा गरिदिएको हो ।

गोल्डकपमा १० वटा टीम सहभागी छन् । एक टीमको २० जना खेलाडी गरि १० टीमको २ सय खेलाडी र अन्य आयोजक र अफिसियलको बिमा गरिएको कम्पनीले जनाएको छ । बिमा खेल सुरु भएदेखी खेलाडी घर फर्किउनजेल सम्म लागु हुने वताइएको छ । बिदेशी खेलाडी समेत सम्लग्न प्रतियोगितामा गरिएको सामुहिक बिमा नेपालको सिमानाभित्र मात्र लागु हुने सम्झौता गरिएको छ ।

बिमा खेलाडीको अंगभंग भएका स्वयम् खेलाडीले खेलाडीको मृत्यू भए इच्छाएको ब्यक्ति वा आश्रीत परिवारले भुक्तानी पाउने सम्र्झाता पत्रमा उल्लेख छ ।

सामुहिक बिमा मार्फत १२ करोड ५० लाख मुल्य बराबरको बिमा गरिएको छ ।
यस्तो इन्स्युरेन्सले खेलाडीको मनोवल समेत उच्च रहने भन्दै आयोजकका तर्फबाट माइभ्याली गोल्डकप आयोजक संस्था माइभ्याली फूटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङले कम्पनीलाई धन्यवाद समेत ब्यक्त गरे ।

उनले आगामी दिनहरुमा समेत खेलाडीको मनोवल उच्च राख्ने खालका काम अगाडी बढाउन सके कम्पनीले आम जनताको मन जित्ने वताए ।
माइभ्याली गोल्डकप फागुन २६ गते सुरु भएर चैत्र ५ गते फाइनल खेल हुँदैछ । प्रतियोगितामा नेपाल भारत, क्याम्रुन र हङकङका गरि जम्मा १० वटा टीमको सहभागिता रहेको छ ।