माईभ्याली गोल्डकपः हिमालयन शेर्पा फाइनलमा, दाउफिन्स संग फाईनलमा भेट हुँने

माईभ्याली गोल्डकपः हिमालयन शेर्पा फाइनलमा,  दाउफिन्स संग फाईनलमा भेट हुँने


इलाम :
हिमालयन शेर्पा क्लव इलाममा जारी पाँचौं अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार इलामको ठूलो टुँडीखेलमा भएको अन्तिम सेमिफाइनल खेलमा केएफटीसी(मेची नेत्रालय काकरभिट्टा) झापालाई तीन शुन्य गोल अन्तरले हराउँदै हिमालयन शेर्पा क्लवले फाइनलको यात्रा तय गरेको हो ।
मध्यान्तर अगाडि प्रतिष्पधात्मक खेलमा हिमालयन शेर्पा क्लवका तर्फबाट अन्तिम समयमा त्रिदेव गुरुङले गोल गरेका थिए । मध्यान्तर पछाडिको खेलमा हिमालयन शेर्पाकै रवि थापाले दोस्रो गोल गरेका थिए । अतिरिक्त समयमा हिमालयन शेर्पाकै भिषण गुरुङले गोल गरि आफ्नो टिमलाई विजयी बनाए ।
आजको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पा क्लवका गोल रक्षक किशोर गीरी घोषित भए ।
चैत्र पाँच गते मंगलबार दिउसो तीन बजेबाट क्यामरुनको दाउफीन्स फूटबल क्लव र आजको विजेता हिमालयन शेर्पा क्लवबीच फाइनल खेल हुने आयोजक माइभ्याली फूटबल क्लवले जनाएको छ । माइभ्याली गोल्डकपको विजेताले सात लाख नगद सहित ट्रफी प्राप्त गर्ने भएका छन् ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिम सहभागि थिए  । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।


तस्विरः सुर्वण खड्का