शेर्पा र दाउफिन्स पहिलो पटक भिड्दै,दुवै टिमको उपाधि जित्ने दावि

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाचार समाज

इलाम:पूर्वी पहाडी जिल्लाको प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेल मंगलबार इलाममा हुँदैछ । फाइनलका लागि प्रतिष्पर्धि हिमालयन शेर्पा क्लव काठमाडौं र क्यामरुनको दाउफीन्स फूटबल क्लव पहिलो पटक प्रतिष्पर्धामा उत्रने भएका हुन ।
विदेशी टिम दाउफीन्स ससक्त रुपमा उत्रने तयारीमा रहेको छ । दाउफीन्सले यो सीजनमा नै नेपालमा तीन उपाधि हात पारेको छ । हिमालयन शेर्पा पनि जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्री स्टार क्लवलाई पराजित गरि अग्रभागमा आइपुगेको छ ।
दुवै टिमका टीम मेनेजरहरुले गोल्डकपको उपाधि रक्षा गर्ने दावि प्रस्तुत गरेका छन् । सोमबार टुँडिखेलमा आयोजित प्री म्याच कन्फ्रेन्समा उनीहरुले दर्शकहरुसामु स्तरिय खेल प्रस्तुत गर्ने बताए ।
दाउफिन्सका टिम मेनेजर आशिक थापा मगरले बिगत देखि खेलेका खेल तरि अपनाएर खेल्ने बताए । जित सहजै भए पनि शेर्जालाई कमजोरी आक्न नसकिने बताए । यता हिमालय शेर्पाका प्रशिक्षक बिजेन्द्र पुडाशैनीले सबै शुरु देखि नै खेलाडीले राम्ररी र टेक्नकले खेली राखेकाले जित हात पार्ने दावी गरे ।
सबै बिभागीय टिम बाहिरिए पछि दाउफिन्सले दर्शकको राम्रो साथ पाएको छ । गत फागुन २६ देखि शुरु भएको माइभ्याली गोल्डकपमा देश विदेशका दश टिम सहभागि भएका थिए । प्रतियोगिताको पहिलो पुरस्कार राशी सात लाख रुपैया रहेको छ । माइभ्याली गोल्डकपमा दर्शकहरुको उपस्थिति बाक्लो रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published.