माईभ्याली गोल्डकपः दाउफिन्स र शेर्पा फाईनलमा उपाधिका लागि भिडदै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाचार समाज

इलामः
इलाममा जारी पाँचौं अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा आज हिमालयन शेर्पा क्लव र दाउफिन्स क्लव उपाधिका लागि भिड्दै छन ।
इलामको ठूलो टुँडीखेलमा दिउसो ३ बजे हुने फाईनलमा दुबै टिमले जित्ने दावी गरेका छन । माइभ्याली गोल्डकपको विजेताले सात लाख नगद सहित ट्रफी प्राप्त गर्ने छ भने उप बिजेताले ४ लाख पाउने आयोजक माइभ्याली फूटबल क्लवले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिम सहभागि थिए  । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published.