इलामः
इलाममा संचालित पाँचौं अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफीन्स फूटबल क्लवले जितेको छ । आज इलामको ठूलो टुंडिखेलमा भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लवलाइ दुइ शुन्य गोल अन्तरले पराजित गरी दाउफीन्सले उपाधि जितेको हो ।
विजेता दाउफीन्स क्लवले नगद सात लाख र ट्रफि पाएको छ । यस्तै फस्ट रनर अप हिमालयन शेर्पा क्लवले चार लाख नगद र ट्रफी पाएको छ । विजेता टिमलाइ युवा तथा खेलकुद मंत्री जगत बहादुर विश्वकर्मा, एन्फाका अध्यक्ष कर्मा छिरिड. शेर्पा इलाम नगर प्रमुख महेश बस्नेत समेतले पुरस्कृत गर्नुभयो ।
फाइनल खेलको मध्यान्तर अगाडि दाउफीन्सका ओवाना र पेटेंगाले एक एक गोल गरेका थिए । हिमालयन शेर्पाका वाम्राले मध्यान्तर पछाडि रातो कार्ड पाएर बाहिरिएपछि दवावमा खेलेको थियो ।
आजको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पा क्लवका विषम गुरुड. घोषित भए ।
हिमालयनका गोल रक्षक किशोर गीरी म्यान अफ द सेरिज भइ १६० सी सी को अपाचे बाइक पुरस्कार पाए ।
हिमालयनका त्रिदेव गुरुड. प्रतियोगिताको उत्कृष्ट मिड फिल्डर, र धेरै गोल चार गोल गर्ने सुनिल खड्का पुरस्कृत भए । यस्तै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक दाउफीन्सका प्रीजर, उत्कृष्ट डिफेन्डर दाउफीन्सका ओको वोता र उत्कृष्ट परवार्ड दाउफीन्सकै पेटेंगा पुरस्कृत भए । उत्कृष्ट प्रशिक्षक समेत दाउफीन्सकै वाम्बा भए । उनीहरुले जनही नगद २५ हजार समेत ट्रफी पाएका थिए ।
माइभ्याली गोल्डकपको पाँचौं संस्करण गत फाल्गुण २६ देखि इलाममा शुरु भएको थियो । प्रतियोगितामा हड.कड, क्यामरुन र दार्जिलिड. समेत १० टीम सहभागि भएका थिए ।