सातऔँ अन्तराष्ट्रिय कराते प्रतियोगिता श्रीअन्तुमा

खेलकुद समाज

इलाम: खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ इलामको सुर्योदय नगरपालिका–४ को अन्तुमा ७ औ अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला कराते संघ र फिक्कल डोजोको संयुक्त आयोजनामा चैत्र २१ र २२ गते हुने कराते प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईका टिमको सहभागीता रहने निश्चित भएको हो ।

आयोजकले आज पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा विभिन्न २५ विद्यामा ३ सय ५० बढी खेलाडीको सहभागीता रहने जानकारी गराएको हो । सुर्योदय नगरपालिका मुख्य प्रायोजक हुने प्रतियोगिता संचालन २ दिनसम्म हुने जिल्ला कराते संघका अध्यक्ष तथा अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लिङ राईले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका गरी ३ सय, भुटानका २४, बंगलादेशका ३ र दुवइका ५ जना खेलाडी आउने तय भइसकेको आयोजकले जानकारी दिएको छ । जिल्ला कराते संघका बार्षिक कार्यक्रम अनुसार अन्तराष्ट्रिय कराते प्रतियोगिता इलामका विभिन्न स्थानमा आयोजना गरिदै आएको फिक्कल डोजोका अध्यक्ष प्रदिप नारायण सैजुले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैँया खर्च हुने आयोजक समितीको अनुमान छ । प्रतियोगिताको पहिलो हुने टोलीले नगद ३० हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले २० हजार तथा सान्तवाना हुने २ टोलीले जनही १०÷१० हजार सहित शिल्ड प्राप्त गर्नेछन् ।

प्रतियोगिताको गत संस्करण सुर्योदय नगरपालिकाको फिक्कलमा सम्पन्न गरिएको थियो । खेलाडी हरुको क्षमता प्रर्दशनका साथै जिल्लाका पर्यटकिय क्षेत्र प्रर्वद्धनका लागी प्रतियोगिता आयोजना गरिदै आएको आयोजक समितीको भनाइ छ । प्रतियोगिताको समापनको दिन बरिष्ठ गायक कुवेर राई, लेखु विवश, रगुन गुरुङ लगायतले सांगितिक प्रस्तुती रहने अध्यक्ष चाम्लिङले बताए ।

Leave a Reply

Your email address will not be published.