पाँचथर गोल्डकप तयारी अन्तिम चरणमा

पाँचथर गोल्डकप तयारी अन्तिम चरणमा

पाँचथर:तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता शनिवारदेखि सुरु हुने भएको छ । प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ ।
बैशाख–२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी दश टिमको सहभागिता हुदै छ । प्रतियोगितामा हिमालयन सेर्पा क्बल, जावलाखेल युथ क्बल, दार्जे्लिङ युनाईटेढ भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाईटेड ताप्लेजुङ, रेड हर्स इलाम, विर्तामोड युनाईटेढ झापा, डिएफसि मोरङ, न्यस्टार क्लब सुनसरी र आयोजक पाँचथर क्बलको सहभागिता रहने छ ।
शनिबार पहिलो खेलमा मिसन युनाईटेढ ताप्लेजुङले डिएफसि मोरङको समाना गर्ने छ । प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैँया नगद पुरस्कार र ट्रफि पाउने छ । उप–विजेताले भने २ लाख रुपैँया नगद र ट्रफि चित्त बुझाउनु पर्ने छ । विधागत पुरस्कारहरु समेत राखिएको जानकारी दिइएको छ ।
प्रतियोगिता ४३ लाख रुपैँया लागतमा सम्पन्न गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ ।