सेमीफाइनलबाटै बाहिरियो सूर्योदय नगरपालिका

Mukya Samachar खेलकुद प्रदेश नं. १ समाज

इलाम : संखुवासभाको सदरमुकाम चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगितामा सुर्योदय नगरपालिका इलाम सेमीफाइनलबाटै बाहिरिएको छ । चैनपुर रंगशालामा भएको दोश्रो सेमीफाइनल खेलमा आयोजक चैनपुर नगरपालिकाले सुर्योदयलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि टाइव्रेकरमा निर्णय गरिएको थियो ।
त्यसैगरी पहिलो सेमीफाइनल खेलमा निश्चल लामाको गोलको मद्धतले उर्लावारी नगरपालिकालाई हराउँदै उदयपुरको कटारी नगरपालिकाले समेत फाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा आज चैनपुर र कटारी नगरपालिकाबिच फाइनल खेल हुनेछ ।
प्रदेश १ का १३ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । गत संस्करणको उपाधी पाचँखपन नगरपालिकालाई हराउदै खादबारीले जितेको थियो ।

Leave a Reply

Your email address will not be published.