विश्वका सबैभन्दा बढी तलब पाउने फुटबल प्रशिक्षक

Breaking News Mukya Samachar Special News Trending खेलकुद

काठमाडौं । विश्वका सबैभन्दा तलब पाउने फुटबल क्लबका प्रशिक्षकमा इंगल्याण्डका ५ प्रशिक्षक परेका छन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका डिएगो साइमवन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् ।

प्रमुख १० प्रशिक्षकमध्ये तीन स्पेनिस प्रशिक्षक पनि परेका छन् । यो सूचीमा अहिले कुनै क्लबमा आबद्ध नरहेका प्रशिक्षक पनि छन् ।  सबैभन्दा बढी वार्षिक खर्च क्लबमा लिभरपुल सबैभन्दा अगाडि छ । त्यस्तै टोटनह्याम सबैभन्दा बढी नाफा कमाउने क्लब बनेको छ ।

विश्वको सबैभन्दा बढी तलब पाउने साइमवनले वार्षिक ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढी तलब पाउँछन् । दोस्रो स्थानमा जोस माउरिन्होको अहिले कुनै क्लबमा छैनन् । उनलाई गत वर्ष म्यानचेस्टर युनाइटेडले आफ्नो प्रशिक्षकबाट हटाएको थियो ।

तर, उनलाई क्लबले २०२२ सम्मका लागि अनुबन्धन गरेको थियो । उनले ३ अर्ब ९० करोड रुपैयाँबराबरको तलब पाउँछन् । मोनाकोका पूर्व प्रशिक्षक थिएरे हेनरी पनि अहिले कुनै क्लबमा आबद्ध छैनन् । उनले वार्षिक ३ अर्ब २० करोड रुपैयाँको हाराहारीमा तलब पाउँछन् ।

Leave a Reply

Your email address will not be published.