तेस्रो पाँचथर गोल्डकपको उपाधि मोरङलाई

Special News खेलकुद

टीका खतिवडा,पाँचथर:

डागिहाट फुटबल क्लबले तेस्रो वाइवाइ पाँचथर गोल्डकपको फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङले पाहुना टोली दार्जिलिङ युनाइटेड क्लबलाई ३–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । उपाधि संगै मोरङले नगद चार लाख प्राप्त ग¥यो । उपबिजेता बनेको दार्जिलिङ दुई लाखमै चित बुझायो । मोरङ जितमा हेमन्त थापा मगर आरमान भिदुम र संजोग राइले गोल गरे ।

सोमबार फिदिम मा.बिको मौदानमा भएको खेलमा खेल सुरु भएको ८ मिनेटमानै मोरङले अग्रता लिएको थियो । अरुण लिम्बुको क्रसमा हेमन्त थापाले गोल गर्दै अग्रता दिलाए । मोरङको अग्रता लामो समय टिकेन ३७ औं मिनेटमा दार्जिलिङका इन्द्रजित क्षेत्रिको फ्रिकिकमा करण राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५२ औं मिनेटमा बिदेशि खेलाडी आरमान भिदुमले गोल गर्दै मोरङको अग्रता दोब्बर पारे । ५६ औं मिनेटमा संजोग राईले गोल गर्दै मोरङलाई उपाधि जिताए । पहिलो र दोस्रो हाफमा दुबै टिमलले गोलका राम्रा अवसर गुमाएका थिए । वर्षाल हिलो बनाएको मैदानमा दुबै टिमका खेलाडी खुलेर खेल्न सकेका थिएनन् । दार्जिलिङका करण राई १८ औं मिनेटमा वान भर्सज वानमा गोल गर्ने चुकोका थिए । ८६ औं मिनेटमा मोरङका संजोग राईले किपर विट भएको अवस्थामा खाली पोलमा गोल गर्न चुकेका थिए ।

फाइनल खेलमा मोरङका हेमन्त थापा म्यान अफ दि म्याच हँुदै नगद दश हजार प्राप्त गरे ।
निरन्तरको वर्षा र हिलोले गर्ला टिमको तालमेल नमिल्दा आफ्नो टिम पराजित हुन परेको दार्जिलिङका प्रशिक्षक साम्देन शेर्पाले बताए । यता मोरङका प्रशिक्षक याकुव राईले टिमको रणनिती सफल हुदा उपाधि जित्न सफल भएको बताए ।


प्रतियागितामा ६ गोल गरेका मोरङका बिदेशि खेलाडी आरमान भिदुम उच्च गोल्कर्ता हुदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका दिनेश थापा मगर उत्कृष्ट डिफे्रन्डर दार्जिलिङका दिवस लिम्बु, उत्कृष्ट फर्वड मोरङका संजोग राई, उत्कृष्ट मिडफिल्डर दार्जिलिङका वाङदेल तामाङ बने । उत्कृष्ट सबैले समान नगद दश हजार प्राप्त गरे । प्रतियोगिताको उदयमानी खेलाडी पाँचथर क्लबका हेमन्तर दर्नाल चुनिए । दर्नालले नगद दश हजार प्राप्त गरे ।


बिक्रम लिम्बु प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी

डागीहाट फुटबल क्लबका बिक्रम लिम्बु तेस्रो वाइवाइ पाँचथर गोल्डकपको सर्वोउत्कृष्ट खेलाडी घोषित भए । लिम्बुले सर्वोकृष्ट खेलाडी हँुदै टि.बि.एस. कम्पनीको (ड्याज) स्कुटर प्राप्त गरे । उनलाई डिजि ट्रेड इलामका प्रोपाइटर दिलिप पौडेलले सो स्कुटर प्रदान गरे ।

Leave a Reply

Your email address will not be published.