सातौ अन्तराष्ट्रिय कराते प्रतियोगिताको आय-व्यव सार्वजनिक

Special News Trending खेलकुद

इलाम:
इलामको सुर्योदय नगरपालिकामा आयोजित सातौ अन्तराष्ट्रिय कराते प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गरेर आय–व्यय सार्वजनिक गरेको हो । गत चैत्र २२ र २३ गते सुर्योदय नगरपालिका–५ श्रीअन्तुमा आयोजित प्रतियोगितामा नेपाल, भारत भुटान, बंगलादेश र दुवइका ४५० खेलाडीको सहभागीता रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न सुर्योदय नगरपालिकाले १ लाख ९७ हजार रुपैया सहयोग गरेको आयोजक फिक्कल डोजोका अध्यक्ष प्रदिपनारायण सैजुले जानकारी दिए । त्यसैगरी विभिन्न संघसंस्थाहरुबाट सहयोग स्वरुप ३ लाख ८७ हजार १७ रुपैया प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल ८ लाख ६९ हजार रुपैया खर्च भएको छ । नपुग भएको २ लाख ८४ हजार ९८३ रुपैया सहयोगदाताहरुबाट संकलन गरेर भरपुर गरिने जिल्ला कराते संघका अध्यक्ष एवम अन्तराष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङ राईले जानकारी दिए ।
प्रतियोगितामा सहभागी खेलाडीहरुको बसोबासका लागी १ लाख २१ हजार ५ सय, रेफ्री बसोबासका लागी १२ हजार, खेलाडीहरुको खानाका लागी ३ लाख ३७ हजार ५ सय, मेडल ट्रफीका लागी ३३ हजार, प्रमाणपत्र र मायाको चिनोको लागी १ लाख, खदा र फुलमालाका लागी १० हजार, उद्धघाटन र समापनमा १० हजार, मञ्च र गेट निर्माणमा १० हजार, फ्लेक्स र प्रचारपसार ३० हजार, निर्णायक पारिश्रमिक ५० हजार रुपैया रहेको छ । त्यसैगरी मिडिया खर्च १५ हजार, यातायात खर्च ४० हजार, साउण्ड सेट २० हजार, मेडिकल ५ हजार, पुरस्कारहरु क्रमश प्रथम ३० हजार, दोश्रो २० हजार, तेश्रो १० हजार, उत्कृष्ट महिला खेलाडी ५ हजार, उत्कृष्ट पुरुष खेलाडी ५ हजार तथा अनुशासित टिमलाई ५ हजार रुपैया प्रदान गरिएको आय–व्यय विवरणमा उल्लेख गरिएको छ ।
जिल्ला कराते संघले आफनो बार्षिक कार्यक्रम अनुसार जिल्लाका विभिन्न स्थानमा कराते प्रतियोगिता आयोजना गर्दै आएको छ । अन्तुमा सम्पन्न प्रतियोगितामा महिला र पुरुषका गरी २५ विधामा १ सय वटा मेडलको लागी प्रतिस्पर्धा भएको थियो । खेलको माध्यमबाट पर्यटनको प्रर्वद्धनका लागी यस बर्ष अन्तुमा प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए । अर्को बर्ष अन्य ठाँउमा समेत यस्तै प्रतियोगिता आयोजना गरेर पर्यटकहरु भित्र्याइने बताइएको छ । नगरपालिकाको सहयोगमा उपमेयर कप खुल्ला महिला कराते प्रतियोगिता आयोजना गर्न लक्ष्य राखिएको चाम्लिङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.