प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता : इलाम र ताप्लेजुङ भिड्दै

Special News Trending खेलकुद

इलाम : इलाममा आजबाट ‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ सुरु हुँदै छ । जिल्ला भलिवलसंघ इलामको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
आज तर्थात प्रतियोगिताको पहिलो खेल इलाम भलिवल क्लव र ताप्लेजुङ भलिवल क्लवविच प्रतिष्पर्दा हुने भएको छ ।
प्रतियोगितामा देशभरका आठ टीमको सहभागिता रहेको छ । सदरमुकामको ठुलो टुँडिखेलमा हुने प्रतियोगिता २९ गतेसम्म चल्ने छ । प्रतियोगिताको प्रथम हुने टीमलाई नगद १ लाख ५१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने वताइएको छ । त्यस्तै द्धितिय हुने टीमलाइ नगद ८१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने आयोजक जिल्ला भलिवल संघ इलामका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
भलिवल खेलप्रति खेलाडी र दर्शकको चासो वढाउने उदेश्यले प्रतियोगिता गराउन लागिएको आयोजक जिल्ला फूटवल संघ इलामका सचिव माधव सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन सहित औपचारिक कार्यक्रम १२ वजे हुने आयोजक समितिका सचिव सुवेदीले वताउनुभयो । प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । हालसम्म इलाममा यस्तो ठुलो प्रतियोगिता भएको थिएन ।

Leave a Reply

Your email address will not be published.