प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता:ताप्लेजुङ र इलाम सेमी फाइनलमा

Special News खेलकुद समाज

इलाम: इलाम सदरमुकामस्थित टुडिखेलमा आजबाट सुरु भएको प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगितामा ताप्लेजुङ भविलव संघ र इलामको नवचेतना भलिवल क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न उद्घाटन खेलमा ताप्लेजुङले आयोजक जिल्ला भलिवल संघ इलामलाई ३ – ० को सेटमा पराजित गर्यो । ताप्लेजुङले इलाम विरुद्ध २५ – १३, २५ – १३ र २५– १८ को नतिजा निकाल्यो । आजकै दोस्रो खेलमा नव चेतना भलिवल क्लवले झापा गाउ“पालिका भलिवल टिमलाई २५ – १७, २५ – २२ र २५ – १८ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा पक्का पारेको हो । देशभरका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले १ लाख ५१ हजार रुपैया“ जित्ने छन् ।

उप विजेताले ८१ हजार रुपैया“ प्राप्त गर्ने छन् । पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगितामा बैशाख २९ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published.